प्रधानमन्त्री कार्कीविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा मुस्लिम समुदाय, नागरिक सरकारमाथि षड्यन्त्र हुँदै

१० मंसिर २०८२, बुधबार १३:२४

काठमाडौं । मुस्लिम महिलामाथि सामाजिक रूपमा भइरहेको अन्याय र रुढीवादी परम्पराको विरोध गरेको भन्दै नेपालमा मुस्लिम समुदायहरूले उल्टै प्रधानमन्त्री सुशिला कार्कीका विरुद्धमा मोर्चाबन्दी गर्ने तयारी गरिरहेका छन्। नागरिक सरकारका विरुद्धमा षडयन्त्र गर्न सामान्य विषयमा मुस्लिम समुदायहरूले आन्दोलन गर्ने सम्बन्धमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्कीले नेपाली मुस्लिम महिलाको कलिलै उमेरमा विवाह गरिदिने, अध्ययन गर्ने मौका नदिने जस्ता कुरितिका विरुद्धमा बोलेकी थिइन् अहिले सोही विषयलाई उनीहरुले एजेण्डा बनाउन लागेका हुन्। आज अपरान्ह नेपालमा विभिन्न मुस्लिम संगठनहरूले प्रधानमन्त्री कार्कीका विरुद्धमा छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री कार्कीका विरुद्धमा मुस्लिम समुदायका अभियान्ताहरूले माइतीघरमा सामूहिक छलफल गरेर साझा धारणा बनाउन बैठक आह्वान गरेका छन्।

विशेष स्रोतले जनाए अनुसार प्रधानमन्त्री कार्कीका विरुद्धमा आन्दोलनमै जानेसम्मको निर्णय आउन सक्ने जनाइएको छ। मुस्लिम समुदायभित्र कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक पार्टीहरूको बोलवाला रहेको छ। प्रधानमन्त्री कार्कीका विरुद्धमा मोर्चाबन्दी आन्दोलन गर्नेबारेमा आज छलफल हुन लागेको हो। लोकतान्त्रिक शासन गर्नुपर्नेमा कुशासन र भ्रष्टाचारमा लिप्त भएपछि त्यसको विरोधमा भएको जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट हेलिकप्टर चढेर बेपत्ता भएपछि देशको नेतृत्व गर्न नागरिक सरकार गठन गर्ने सेनाको पहलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की देश बचाउने उद्देश्यले प्रधानमन्त्री बन्न पुगेकी थिइन्।

अहिले कार्की नेतृत्वको सरकारलाई चारैतिरबाट प्रहार भइरहेको छ। देश नेतृत्वविहीन भएको अवस्थामा तत्काल नेतृत्व रिक्त हुन नदिन गृहमन्त्री बन्न पुगेका ओम प्रकाश अर्यालका विरुद्धमा पनि विभिन्न तत्वहरुले प्रहार गरिरहेका छन् । सरकारलाई असफल बनाएर आफ्नो स्वार्थ पूरा गर्ने विभिन्न समुहहरूले यस्तै साना विषयहरू उचालेर ताण्डव गराउनेतर्फ सबै सचेत हुन आवश्यक देखिन आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*