सहकारीहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन प्राधिकरणको आग्रह

१० मंसिर २०८२, बुधबार १३:४२

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सञ्चालित सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्रको सदस्यता लिन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारीहरुलाई सूचना प्रवाह गर्ने उद्देश्यले सदस्यता लिन आग्रह गरेको हो ।

पत्रमा भनिएको छ, ‘सहकारी ऐन, २०७४ मा बचत तथा ऋणको कारोबार सम्बन्धि सूचना नियमित रुपमा आदान–प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । सोही अनुसार बचत र ऋणको मुख्य कारोबार गरीरहेका सहकारी संस्थाहरुलाई कर्जा सूचना केन्द्र लिमिटेडसँग आवद्ध गराउन आवश्यक तयारी अघि बढाइएको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*