शेयर बजारमा उत्साहजनक कारोबार, यी सूचकमा छायो हरियाली
१० मंसिर २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज ३२२ वटा कम्पनीहरुको एक करोड ३६ लाख २० हजार कित्ता शेयर खरिद–बिक्री भई ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा एनआरएन इन्फ्रास्टक्चरको ६२ करोड ४३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन फाइनान्स, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यूचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सबाहेकका अन्य सबै उप–सूचकहरुमा हरियाली छाएको छ ।














