झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
१० मंसिर २०८२, बुधबार १५:१९

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै झापा इनर्जीसहित चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज झापा इनर्जी, सागर डिस्टीलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, रिभर फल्स, महुली लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त, पिपल्स पावर लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।














