पर्वतको पैयूबाट युनाइटेड अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा सञ्चालन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा सञ्चालन गरेको छ । कम्पनीले आजबाट पर्वतको पैयू गाउँपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गरेको हो । पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुङ्गानाका अनुसार घुम्ती बीमा सेवा कार्यक्रम आज मन्सिर १० गते देखि १६ गते सम्म गाउँपालिकाको सातवटा वडामा संचालन हुनेछ ।
कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख ढुङ्गानाले पशुपन्छी बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको लगायत निर्जीवन बीमा बारेमा प्रष्ट पारेका थिए ।
मङ्सिर १० गते(आज) बाट सञ्चालन गरेको कायृक्रममा पैयू गाउँपालिकाको वडा नं १ मा ३० घरधुरीको बाक्लो उपस्थिती रहेको थियो । कम्पनीले प्राधिकरणको शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदशर्न अनुसार कम्पनीले यो कार्यक्रम संचालनमा ल्याएको हो ।सर्वसाधारणमा सहज ढंगले न्यूनतम लागतमा घरदैलौमा नै बीमा सुविधा पुर्याउन सजिलो होस भन्ने उदेश्यले यो कार्यक्रम संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।
बीमालाई तल्लो स्तरसम्म पुर्याउन लघुबीमालाई प्राथमिकता दिने गरी संचालन गर्ने बजेटमा उल्लेख भएपछि कम्पनीले यतिबेला घुम्ती बीमा सम्बन्धि कार्यक्रमलाई तिब्रता दिएको हो ।
घुम्ती बीमामार्फत निर्जीवन तर्फ सामुन्द्रिक बीमा, हवाई, इन्जिनियरिङ्ग बीमा र मोटर बीमा गर्न नपाउने व्यवस्था सो मार्गदर्शनमा उल्लेख छ ।












