अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
११ मंसिर २०८२, बिहीबार ०६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ८ पैसाले बढेर खरीदमूल्य १४२.५४ रुपैयाँ र बिक्रीमूल्य १४३.१४ रुपैयाँ कायम भएको छ।
यस दिन एक क्यानेडियन डलरको खरीददर १०१.१७ रुपैयाँ र बिक्रीदर १०१.६० रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०९.७४ रुपैयाँ र बिक्रीदर ११०.२१ रुपैयाँ र एक चाइनिज युआनको खरीददर २०.१३ रुपैयाँ र बिक्रीदर २०.२२ रुपैयाँ तोकिएको छ।
त्यसैगरी एक कतारी रियालको खरीदमूल्य ३९.११ रुपैयाँ र बिक्रीमूल्य ३९.८ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३८.८१ रुपैयाँ र बिक्रीमूल्य ३८.९७ रुपैयाँ कायम भएको छ भने एक कुवेती दिनारको खरीदमूल्य ४६४.१९ रुपैयाँ र बिक्रीमूल्य ४६६.१५ रुपैयाँ निर्धारण गरिएको छ।














