गोल्छाको हिम इलेक्ट्रोनिक्सः वर्षदिनमा ८ अर्ब ७६ करोडको व्यापार, सामसुङ र हिमस्टार ब्रान्डको प्रभुत्व

काठमाडौं । सामसुङ ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरुको वितरक गोल्छा समूहको हिम इलेक्ट्रोनिक्सले वर्षदिनमा झण्डै ९ अर्बको व्यापार गर्ने सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको ७५ प्रतिशत स्वामित्व रहेको कम्पनीले सन् २०२४/२५ मा ८ अर्ब ७६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । एक वर्षमा मात्रै कम्पनीको व्यापार १ अर्ब ७९ करोड २० लाख रुपैयाँले बढेको छ ।
सन् २०२३।०२४ मा ६ अर्ब ९७ करोड २० लाख, सन् २०२२।०२३ मा ६ अर्ब ३८ करोड, सन् २०२१।०२२ मा ८ अर्ब १६ करोड र सन् २०२०।०२१ मा ६ अर्ब ८८ करोड रुपैयाँको व्यापार गरेको हो ।

हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड सन् १९८८ मा स्थापना गरिएको नेपालको प्रमुख उपभोक्ता विद्युतिय सामान तथा गृह उपकरणहरूको आयातकर्ता र व्यापारीमध्ये एक हो । हिम सामसुङ मोबाइल÷ह्यान्ड–हेन्ड उपकरणहरू, साथै सामसुङ गृह उपकरण तथा उपभोक्ता विद्युतिय सामग्रीका लागि नेपालका दुई आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीमध्ये एक हो ।
यसका अतिरिक्त, हिमको द्वितीयक उत्पादन सूचीमा बजाज, इन्डोएसियन, ओस्राम जस्ता ब्रान्डका विद्युतिय सामग्री तथा साना उपकरणहरू, साथै टाइमेक्स ब्रान्डका घडीहरू समावेश छन् । हिमले सञ्चालन गरेको एउटा जडान (असेम्बलिङ) इकाईले हिमस्टार ब्रान्ड अन्तर्गतका उपभोक्ता विद्युतिय सामग्री, गृह उपकरणहरू तथा सौर्य प्यानल र इनभर्टर जस्ता वैकल्पिक ऊर्जासम्बन्धी उपकरणहरू उत्पादन गर्छ ।
कम्पनीसँग ४ वटा वेयरहाउस र ९ हजारभन्दा बढी ठूला तथा साना डिलरहरु छन्। यस्तै, देशभर १३ वटा रिटेल आउटलेट र ४० भन्दा बढी सर्भिस सेन्टर कम्पनीले संचालन गरिरहेको छ ।
कम्पनीको दीर्घकालीन ऋण सीमा सम्बन्धी रेटिङ उकालो लाग्दै सुधारिएको छ । कम्पनीको दीर्घकालीन ऋण सीमा २६३ मिलियन रुपैयाँभित्र रहेको अवस्थामा रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई एल डबल बी बाट उकासेर एल डबल बी प्लस मा पु-याएको हो ।

त्यस्तै, कम्पनीको स्वल्पकालीन ऋण सीमा भने ३,८९० मिलियन रुपैयाँबाट वृद्धि भई ४,५९० मिलियन रुपैयाँ पुगेको छ, र यसको स्वल्पकालीन रेटिङ ए फोर प्लस नै यथावत राखिएको छ। आइसीआरए नेपालद्वारा प्रकाशित विवरण अनुसार, यी ऋण सीमाहरू गैरनिधि आधारित सीमाभित्र पर्छन्, र सम्पूर्ण ऋण सीमाको आकार ४,५९० मिलियन रुपैयाँ कायम भएको छ।













