सानिमा बैंकले इन्टरनेट बैंकिङ्ग सेवा सधैका लागि बन्द गर्ने निर्णय

११ मंसिर २०८२, बिहीबार १२:३८

काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि सधैका लागि बन्द हुने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरिएको हो ।

बैंकसँग सम्पर्क गर्दा अधिकारीहरूले इन्टरनेट बैंकिङ्ग सेवा बन्द भए पनि मोबाइल बैंकिङ्ग सेवा भने निरन्तर सञ्चालनमा रहनेछ। बैंकसँग सम्पर्क गर्दा अधिकारीहरूले इन्टरनेट बैंकिङ्ग सेवा बन्द भए पनि मोबाइल बैंकिङ्ग सेवा भने निरन्तर सञ्चालनमा रहनेछ। पछिल्लो समय प्रविधिको विकाससँगै मोबाइल बैंकिङ्ग, कनेक्ट आइपीएस र अन्य डिजिटल भुक्तानी बढ्दै गएको छ । इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा घट्दै गएपछि बैंकले यो सेवा बन्द गर्ने निर्णय गरेको हो ।

इन्टरनेट बैंकिङ्ग सेवा बन्द हुँदा ग्राहकहरूमा पर्ने असुविधाको लागि बैंकले क्षमायाचना गरेको छ। बैंकले सबै ग्राहकहरूलाई आवश्यक जानकारी समयमै उपलब्ध गराउने र वैकल्पिक डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*