एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
११ मंसिर २०८२, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै विभिन्न सेक्टरको ३३३ वटा कम्पनीहरुको एक करोड ४६ लाख ९३ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज पनि एनआरएन इन्फ्रास्टक्चरको ४० करोड १७ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, आज ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँ, सीईडीबि होल्डिङ्सको १५ करोड ७८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।














