४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कसको कतिले बढ्यो ?

११ मंसिर २०८२, बिहीबार १५:१९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्टीलरी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ९.६२ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ५.८१ प्रतिशत, ओम मेगाश्रीको ५.७७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*