हिमालयन लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
१२ मंसिर २०८२, शुक्रबार १३:००

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।













