हुलास फिनसर्भले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, साधारण सभाबाट भयो पारित

१४ मंसिर २०८२, आईतवार १३:५२

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले वार्षिक साधारणसभा सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस कर्जा प्रदायक कम्पनीले सभामा आईपीओ जारी गर्ने योजना सहितका विभिन्न एजेन्डाहरू पारित गरेको जनाएको हो ।

सभामा सञ्चालक समितिका अध्यक्षले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह विवरणसहितका वित्तीय प्रतिवेदन प्रस्तुत गरे। प्रस्तुत विवरणहरूमा विस्तृत छलफल पश्चात सर्वसम्मतिले स्वीकृत गरिएको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी, आगामी आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति, र सभा निर्णयमा हस्ताक्षर गर्ने सेयरधनी प्रतिनिधिको मनोनयन पनि सभाबाट अनुमोदित भएको छ। साथै, सार्वजनिक निष्कासनसम्बन्धी विशेष प्रस्ताव पनि पारित भएको बताइएको छ।

कम्पनीले विगत वर्षहरूमा झैं आम जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै सहज तथा शुलभ कर्जा सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

आईपीओ ल्याउने तयारीमा रहेको हुलास फिनसर्भको अब्बल वित्तीय सूचक, वर्षदिनको व्यापार ९५ करोड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*