हरियाली यात्रामा ब्रेकः बिक्री तिर हाबि हुँदा ७ अर्बको कारोबार, फेरी कसरी आउन सक्छ रौनक ?

१४ मंसिर २०८२, आईतवार १५:०६

काठमाडौँ । पाँच दिन लगातार हरियालीमा देखिएको शेयर बजार आइतबार राताम्य भएको छ । बजारमा दोहोरो अंकले गिरावट आएको हो ।

केही दिन लगातार बजार बढेको भएपछि नाफा बुक गर्ने उद्देश्यका साथ लगानीकर्ता सक्रिय भएपछि बजार घट्न पुगेको विश्लेषकहरूको भनाइ छ । यसलाई सामान्य करेक्सनको रूपमा लगानीकर्ताहरूले बुझिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यस कारणले पनि शेयर बजारमा लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । बैंकहरूले शेयर धितो कर्जामा आधार दर घटाउन थालेकोले लगानीकर्तामा उत्साह थपिएको विश्लेषकहरूले बताएका छन् ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरिरहेको समयमा बजारमा लगानी उत्साह बढेको देखिएको छ। लाभांश सिजनले बजारमा सकारात्मक ऊर्जा थप्ने र लगानीकर्ताको ध्यान आकर्षित गर्ने काम गरेको छ ।

यससँगै सरकारले नेप्सेको संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ भने नियामक निकाय पनि पुँजी बजार सुधारमा सक्रिय बनेको छ। यी कदमहरूले बजार सुधार र लगानी वातावरणलाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अकंले घटेर २६४९.५२ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.०८ प्रतिशत, विकास बैंक समूहको १.०९ प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*