हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

१४ मंसिर २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज विभिन्न ३४२ वटा कम्पनीको एक करोड ५७ लाख ३६ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ सात अर्ब ८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा हिमालयन रि इन्स्योरेन्सको २३ करोड पाँच लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्टको २१ करोड ८१ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको २१ करोड ३५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २१ करोड २४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*