प्रभु बैंकका सीईओ शेरचन पक्राउ

१४ मंसिर २०८२, आईतवार १६:३६

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो।

बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा शेरचनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सीआईबीले कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मार्दै कर्जा फाइल, आन्तरिक पत्राचार र स्वीकृतिसँग सम्बन्धित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। प्रारम्भिक छानबिनमै कर्जा स्वीकृति प्रक्रियामा तत्कालीन अध्यक्ष भट्टचनसहित उच्च व्यवस्थापन तहबाट अनियमितता भएको शंका बढेपछि अनुसन्धानलाई थप विस्तार गरिएको हो।

यसअघि प्रभु म्यानेजमेन्ट प्रालिकी अध्यक्ष कुसुम लामाले दिएको उजुरीका आधारमा ९८ करोड रुपैयाँ ठगीसम्बन्धी प्रकरणमा प्रहरीले कात्तिक ११ गते भट्टचनलाई पक्राउ गरिसकेको थियो। उजुरीमा प्रभु म्यानेजमेन्ट र बैंकबीच भएको लेनदेनका नाममा करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाहमा अनियमितता भएको आरोप लगाइएको छ।

भट्टचनमाथि अनुसन्धानका क्रममा बैंकका सीईओ शेरचनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने कारण पक्राउ गरिएको जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*