प्रभु बैंकका सीईओसँगै डीसीईओ पोखरेल पनि पक्राउ
१४ मंसिर २०८२, आईतवार १७:१२

काठमाडौँ । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल पनि पक्राउ परेका छन्। यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसँगै डीसीईओ पोखरेल पनि पक्राउ परेका हुन् ।
आइतबार सीआईबीले बैंकको केन्द्रीय कार्यालयमा छापा मार्दै सीईओ शेरचन, डीसीईओ पोखरेल र केही अन्य कर्मचारीलाई पक्राउ गरेको जनाइएको छ।
यसअघि प्रभु ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई पक्राउ गरेकोमा धरौटीमा रिहा भएका छन् । प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजुलाई पनि सीआईबीले नियन्त्रणमा लिइसकेको छ।













