जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४९ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांकले जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन यस्तो देखाएको हो ।
व्यवसायिक रुपमा अब्बल रह्दै आएको नेपाल लाइफ, नेशनल, एलआईसी र हिमालयन लाइफ नविकरण बीमाशुल्क आर्जनमा अग्रस्थानमा देखिएका छन् ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिक मसान्तसम्मा १३ अर्ब ३३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
दोस्रोमा नेशनल लाइफले ५ अर्ब ५८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यसअवधिमा ५ अर्ब ५३ करोड नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छ ।
प्राधिकरणको तथ्यांक अनुसार हिमालयन लाइफले यसअवधिसम्ममा ४ अर्ब ९५ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले २ अर्ब ८० करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब ३६ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ९२ करोड रुपैया नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, सानिमा रिलायन्सले १ अर्ब ७३ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ६२ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, आइएमई लाइफल १ अर्ब ३६ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ३२ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।













