वैदेशिक रोजगारी पठाइदिने भन्दै १४ लाख ठगी गर्ने हेटौँडाका शम्भु अग्रवाल पक्राउ
१५ मंसिर २०८२, सोमबार १३:५२

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट करिब १४ करोड १३ लाख रुपैयाँ रकम लिएको थिए। त्यसपछि सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा, ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँपठाएको जनाएको छ।













