चार महिनामा लघु निर्जीवन बीमाको ब्यवसाय साढे ३६ करोड, कुनको कति ?
१५ मंसिर २०८२, सोमबार १७:०९

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ चार महिना (साउनदेखि कात्तिक) सम्ममा चार लघु निर्जीवन बीमा कम्पनीहरूले ३६ करोड ६५ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।
यसअवधिमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चार महिनामा ९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा ९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीले ९ करोड ४३ लाख र स्टार माइक्रोले ७ करोड ८५ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यी कम्पनीहरूले १ करोड २६ लाख ८७५ बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन् ।














