महासंघका रुपान्तरण हुँदै नाडा, बोलायो साधारण सभा
१५ मंसिर २०८२, सोमबार १७:५७

काठमाडौँ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आफ्नो ४९औँ वार्षिक साधारण सभा पुष ९ गते बोलाउने भएको छ। एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा भदौं १९ गते बसेको नाडाको २२ औं र मंसिर १५ गते बसेको नाडाको २४ औं केन्द्रीय कार्य समितिको बैठकको निर्णय अनुसार नाडालाई महासंघमा लैजाने प्रस्ताव सहित सभा आव्हान गरेको हो ।
नाडाको ४९औँ वार्षिक साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गरिने निर्णय भएको छ। सभाको मुख्य एजेण्डा नै नाडालाई महासंघमा लैजाने प्रस्ताव रहेको छ ।
नाडा महासंघको रूपान्तरणले संस्थालाई अझ सशक्त बनाउँदै अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व र समन्वयमा नयाँ पहिचान स्थापना गर्ने अपेक्षा गरिएको छ।













