कामना सेवा विकास बैंकले पायो अग्राधिकार शेयर निष्कासनको स्वीकृति
१५ मंसिर २०८२, सोमबार १८:१६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ ।
बैंकले अंकित मूल्य १०० रुपैयाँका दरले ३५ लाख कित्ता शेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ ।
विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो ।













