प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

१६ मंसिर २०८२, मंगलवार ०७:३४

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी सुनिल कुमार रायको नाममा रहेको २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ३९० रुपैयाँमा दिने गरी शेयर बिक्रीमा राखेको हो। यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई खरीद आह्वान गरिएकोमा निवेदन प्राप्त नभएपछि अहिले सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुलाइएको हो।

इच्छुक खरीदकर्ताले अबको १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*