कात्तिकमा मात्रै जीवन बीमकको ब्यवसाय १३ अर्ब, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई

१६ मंसिर २०८२, मंगलवार ११:४५

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो ।

कम्पनीले कात्तिकमा आर्जन गरेको ब्यवसाय गत वर्षको कात्तिकको तुलनामा ५.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १२ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।

एक महिनामा मात्रै सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ अघि रहेको छ । कम्पनीले कात्तिक महिनामा ३ अर्ब ५५ करोड ४२ लाख रुपैयाँको ब्यवसाय गर्ने सफल भएको हो । जुन गत वर्षको कात्तिकको तुलनामा ३.९८ प्रतिशतले बढी हो ।

त्यस्तै, कात्तिकमा सर्वाधिक ब्यवसाय गर्ने दोस्रो नम्बरमा रहेको नेशनल लाइफको गत वर्ष कात्तिकको तुलनामा १६.७१ प्रतिशतले बढेर १ अर्ब ७८ करोड, तेस्रो नम्बरको एलआईसी नेपालको ०.१६ प्रतिशतले बढेर १ अर्ब ४८ करोड, हिमालयन लाइफको ५.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड, चौथो नम्बरमा रहेको सूर्यज्योति लाइफको १.०१ प्रतिशतले बढेर ७५ करोड ९५ लाख र पाँचौ नम्बमा रहेको एशियन लाइफको २.६४ प्रतिशतले बढेर ७२ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

यता, सरकारी कम्पनी राष्ट्रिय जीवन बीमाको ब्यवसाय ३६.६१ प्रतिशतले बढेर ५० करोड ७० लाख रुपैयाँ रहेको छ । कात्तिकमा जीवन बीमा कम्पनी मध्य सर्वाधिक ब्यवसाय वृद्धि गर्ने कम्पनीको हो ।

साथै, कात्तिक महिनामा सिटिजन लाइफको ब्यवसाय ४८ करोड ७८ लाख, सानिमा रिलायन्सको ४६ करोड ७६ लाख, आइएमई लाइफको ४३ करोड, मेट लाइफको ४२ करोड ९८ लाख, प्रभु महालक्ष्मी लाइफको ४० करोड ३६ लाख, रिलायबल नेपालको ४० करोड २२ लाख र सन नेपाल लाइफको ३४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*