ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च

काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो ।
ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको रुपमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले साढे ३ अर्बको व्यापार गर्ने सफल भएको छ । कम्पनीले सन् २०२४।२५ मा कम्पनीले कुल ३ अर्ब ६२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो । यो रकम गत आर्थिक वर्ष २०२३।२४ को तुलनामा १३४ प्रतिशतले बढी हो । सो वर्ष कम्पनीले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले २०२२।०२३ मा ६१ करोड ५० लाख, २०२१।०२२ मा ५ अर्ब ५५ करोड, २०२१।०२२ मा ३ अर्ब ५४ करोड २० लाख र २०२०।०२१ मा १ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको छ । ओमाडा र जेकोका सवारी साधन उच्च गुणस्तर, आकर्षक डिजाइन, लोभलाग्दो फिचर र प्रतिस्पर्धात्मक मूल्यका कारण उपभोक्तामाझ लोकप्रिद हुँदै गइरहेका छन् ।
कम्पनीले आफ्नो केन्द्रिय शोरुमबाट मात्रै करिब ४९ प्रतिशत सवारी बिक्री गर्ने गरेको तथ्याङ्क छ । काठमाडौँमा विद्युतीय सवारी साधनको प्रतिस्पर्धा उच्च रहँदै आएको छ । नयाँ मोडलहरू बजारमा आउँदै गर्दा पनि ओमाडा र जेकोका सवारी साधनले उपभोक्ताको विश्वास कायम राख्न सफल भएका छन् ।
२०२४।०२५ मा कम्पनीले कुल व्यापारको ५७ प्रतिशत ओमाडा ई ५ बाट र ३९ प्रतिशत जेको ब्रान्डबाट आम्दानी गरेको छ । देशभर आफ्नो सेवा र बिक्री विस्तार गर्न कम्पनीले आफ्नै स्वामित्वको शोरुमसँगै १३ वटा क्षेत्रीय विक्रेता कार्यालय सञ्चालन गर्दै आएको छ ।

एसपीजी अटोमोबाइल्समा सन्दीपकुमार शारदाको ५१ प्रतिशत र गौरव शारदाको ४९ प्रतिशत हिस्सा रहेको छ । नेपालमा ओमाडा र जेको ब्रान्डका विद्युतीय सवारी साधनको लोकप्रियता, बिक्री वृद्धि र उपभोक्तासँगको विश्वास कायम राख्दै आफ्नो बजार दबदबा थप सुदृढ बनाएको छ ।
एसपीजी अटोमोबाइल्सको दीर्घकालीन ऋण र छोटो अवधिको ऋण दुवैको मूल्याङ्कन पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणको मूल्याङ्कन इक्राएनपीे एलबीबी– मा पुनः पुष्टि गरेको छ भने छोटो अवधिको ऋणको मूल्याङ्कन इक्राएनपीे ए४ मा पनि पुनः पुष्टि गरेको जनाएको छ।
कम्पनीको दीर्घकालीन ऋण सीमा ९४ करोड रुपैयाँबाट घटाएर ८० करोड रुपैयाँ तोकिएको छ भने छोटो अवधिको ऋण सीमा १,४०६ करोड रुपैयाँबाट बढाएर १,४२० करोड रुपैयाँ पुर्याइएको छ। यसरी कम्पनीको कुल ऋण सीमा १,५०० करोड रुपैयाँमा कायम रहेको छ। य













