पैयू गाउँपालिकामा यूनाइटेड अजोडको बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

१६ मंसिर २०८२, मंगलवार १४:५१

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले पर्वत जिल्लाको पैयू गाउँपालिकामा कृषि पशुपन्छी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पर्वतको पैयू गाउँपालिकामा कम्पनीले उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम यूनाइटेड अजोड इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको अधक्ष्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुखले निर्जीवन बीमासँगै कृषि पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी आफ्नो धारणा प्रस्तुत गरेका थिए। पैयू गाउँपालिकाको उपाध्यक्ष याम कुमारी रानाको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रमको सञ्चालन युनाइटेड अजोड इन्स्योरेन्स पर्वतका शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका थिए। सो कार्यक्रममा पैयू गाउपालिकाका करिब ७० कृषकहरूको उपस्थिति थियो।

सोही कार्यक्रममा पशु बीमा गरेका कृषकलाई खादा ओडाएर पोलिसी हातैमा दिएर सम्मान गरिएको थियो। आफूले पोलिसी किन्दा कम्पनीले सम्मान गरेको देख्दा कृषहरू खुशी हुँदै कम्पनी प्रति आभार व्यक्त गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*