प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको सीमा १ करोड पुग्यो, यस्तो छ राष्ट्र बैंकको एकीकृत निर्देशन

१६ मंसिर २०८२, मंगलवार १७:४९

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म प्रदान गर्न सक्ने भएका छन्। यो व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै लागू गरेको हो।

यसअघि निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जा र ओभरड्राफ्ट कर्जा अधिकतम ५० लाख रुपैयाँसम्म मात्र दिन सकिन्थ्यो। तर अब राष्ट्र बैंकले उक्त सीमा बढाएर प्रतिव्यक्ति १ करोड रुपैयाँ पुर्याएको छ।

निर्देशन अनुसार बैंकहरुले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत सबै व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्नेछन्।

त्यस्तै, कुनै व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कुल कर्जा १ करोड रुपैयाँभन्दा बढी नहुने सुनिश्चित गर्न बैंकहरुले ध्यान दिनुपर्नेछ।

निर्देशनमा भनिएको छ ‘कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ। ‘ तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।’

Circular-7-ABC_merged

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*