भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश नबाँड्ने
१७ मंसिर २०८२, बुधबार ०९:३२

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरेको छ।
बैठकले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायका वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने र यस पटक कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।













