भोलि देशभर सार्वजनिक बिदा
१७ मंसिर २०८२, बुधबार १०:५८

काठमाडौँ । भोलि अर्थात् मंसिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, ज्यापु दिवस लगायतका पर्व परेकोले सार्वजनिक बिदा दिइएको हो ।
सार्वजनिक विदा भएकोले सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर कारोबार पनि बन्द रहने छ ।













