गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

१७ मंसिर २०८२, बुधबार १३:२२

काठमाडौँ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्।प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न बताउँदै उनलाई पक्राउ गरिएको हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा लिएको हो। यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरिएको थियो।

प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक देवीप्रकाश भट्ट र सञ्चालक कुसुम लामासहित अन्य तीन जनाविरुद्ध रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तान नगरी देशभरका विभिन्न सहकारीलाई ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा हालै मुद्दा दर्ता भएको थियो।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस र व्यवसायिक भवनहरुमा लगानी गर्दै आएको समूहको वेबसाइटमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*