बन्दीपुर केबलकारको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१७ मंसिर २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज कारोबार रकम पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । आज बन्दीपुर केवलकारको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १८ करोड ४९ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, हिमालयन रिलायन्सको १७ करोड ८१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँ, टे«ड टावरको १० करोड ४७ लाख रुपैयाँ र सिक्लेस हाइड्रोपावरको नौ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।














