शेयर बजार तीन दिन बन्द रहने

१७ मंसिर २०८२, बुधबार १७:००

काठमाडौँ । अब शेयर बजार तीन दिन बन्द रहने भएको छ । भोलि बिहिबार सार्वजनिक बिदा परेसँग बजार तीन दिनपछि मात्रै खुल्ने भएको हो ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । सोहि अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो । जस कारण शेयर बजार बन्द रहने छ ।

शुक्रबार र शनिबार शेयर बजार सधै झै बन्द नै रहने छ । अब बजार मंसिर २१ गते आइतबार खुल्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*