जेनजी आन्दोलनमा क्षतिग्रस्त चन्द्रागिरी हिल्सले थाल्यो व्यवसाय

१८ मंसिर २०८२, बिहीबार १०:०९

काठमाडौं । भदौ २३ गते जेनजी युवा पुस्ताले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा सरकारले व्यापक बल प्रयोग गरेपछि भदौ २४ गतेको आक्रोशमा परेर क्षतिग्रस्त भएको चन्द्रागिरी हिल्सले व्यवसाय थालेको छ।

राजनीतिक नेतृत्वसँग जोडिएको भन्दै २४ गतेको देशव्यापी आन्दोनलको आक्रोशमा परेर चन्द्रागिरी हिल्स क्षतिग्रस्त भएको थियो। आन्दोलनका क्रममा त्यहाँ व्यापक तोडफोड तथा आगजनी भएपछि सोही दिनदेखि व्यवसाय पूर्णरूपमा बन्द रहेको थियो।

आन्दोलन साम्य भएसँगै कम्पनीले आवश्यक मर्मत सम्भार तथा प्राविधिक परीक्षण सम्पन्न गरेर मंसिर १५ गते सोमबारदेखि सम्पूर्ण व्यवसायिक गतिविधिहरू पुनः शुरू गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*