श्रीलंकामा चक्रवातका कारण ४७९ को मृत्यु, १६ लाखभन्दा बढी प्रभावित

१८ मंसिर २०८२, बिहीबार १८:०१

काठमाडौँ । श्रीलंकामा आएको चक्रवात र त्यसपछि उत्पन्न मौसमी विपद्ले देशभर ठूलो मानवीय र भौतिक क्षति पुर्‍याउँदै मृत्युको संख्या ४७९ पुगेको छ। बिहीबार सार्वजनिक विवरणमा श्रीलंकाको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले बेपत्ता हुनेको संख्या अझै ३५० रहेको र प्रभावित जनसंख्या १६ लाख नाघेको जानकारी दिएको छ।

डीएमसीका अनुसार राष्ट्रव्यापी रूपमा ४ लाख ५५ हजारभन्दा बढी परिवार विपद्को चपेटामा परेका छन्। विनाशको दायरामा १ हजार २८९ घर पूर्ण रूपमा भत्किएका छन् भने ४४ हजार ५०० घरमा आंशिक क्षति परेको छ।

कृषि क्षेत्र पनि समान रूपमा प्रभावित भएको छ। कृषि सेवा विभागअन्तर्गतका १ हजार ७७७ सिंचाइ ट्यांकी, ४८३ बाँध, १ हजार ९३६ नहर तथा ३२८ सडक संरचनामा क्षति पुगेको विवरणमा उल्लेख छ।

यसैबीच, आपतकालीन अवस्थाबाट जुध्न सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) ले श्रीलंकालाई ३० लाख अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*