आज लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफमा पुग्न जित्नैपर्ने दबाब

१९ मंसिर २०८२, शुक्रबार ०७:३२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आजको महत्वपूर्ण खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।

तालिकाको चौथो स्थानमा रहेको लुम्बिनी लायन्सले ६ खेलबाट ६ अंक जोडेको छ भने पुच्छरमा रहेको जकनपुरले ५ खेलबाट २ अंक मात्रै जोड्न सफल भएको छ।

तीनवटा टीम सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स प्लेअफमा पुगिसकेकाले अब लुम्बिनी, पोखरा, चितवन र जनकपुरमध्ये कुनै एउटा मात्रै टोली प्लेअफमा पुग्नेछ भने बाँकी टोली बाहिरिनेछ।

यदि आजको खेल जितेमा लुम्बिनी लायन्स प्लेअफमा पुग्नेछ भने बाँकी टोली बाहिरिनेछ तर जनकपुरले जितेमा अन्य खेलका नतिजा र रनरेटको आधारमा कुनै एउटा टोली प्लेअफमा पुग्नेछ। कर्णाली याक्स भने प्लेअफको होडबाट यसअघि नै बाहिरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*