राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)

१९ मंसिर २०८२, शुक्रबार १०:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो।

बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९ जना, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) पदमा १० जना, सहायक निर्देशक (वाणिज्य कानून) पदमा ४ जना र सहायक पदमा २१ जना माग गरेको हो।

तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले पुस १० गतेसम्म र दोब्बर दस्तूर तिरेर पुस १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*