सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा चार प्रदेशका लागि ब्रान्च म्यानेजर माग
१९ मंसिर २०८२, शुक्रबार १६:४६

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ वटा प्रदेशका लागि ब्रान्च म्यानेजर माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कोषी, मधेश, बागमति र गण्डकी प्रदेशका लागि ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
कम्पनील सो पदका लागि न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । यस्तै बैंक,बीमा र वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । आवेदकको उमेर २१ देखि ४० वर्ष हुनु पर्नेछ ।
इच्छुक तथा योग्य आवेदकले आगामी डिसेम्बर १४ भित्र आवेदन दिनु पर्नेछ । सर्टलिस्टमा परेका उम्मेद्वारलाई मात्रै आगामी छनौट प्रक्रियाका लागि डाकिने सूचनामा उल्लेख छ ।













