१६ वर्षमा प्रवेश रिलायन्स फाइनान्स: देशभर २२ शाखासहित वित्तीय सेवा नयाँ आयाम

१९ मंसिर २०८२, शुक्रबार १८:१४

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज आफ्नो १५ वर्षको सफल यात्रा पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको छ। कमलादीस्थित आफ्नै भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय तथा मुख्य शाखाबाट वित्तीय सेवाको विस्तार गर्दै आएको संस्थाले हाल देशभर २२ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

संस्थाले केन्द्रीय कार्यालयसहित न्यूरोड र सितापाइलाको काठमाडौं शाखादेखि लिएर ईमाडोल (ललितपुर), नारायणघाट (चितवन), महेन्द्रपुल (पोखरा–कास्की), बेशीशहर (लमजुङ), बनेपा (काभ्रे), धादिङबेसी (धादिङ), चारआली (झापा), गोरखा बजार (गोरखा), भैरहवा–मणिग्राम–बुटवल (रुपन्देही), धनगढी (कैलाली), महेन्द्रनगर (कञ्चनपुर), कोहलपुर (बाँके), अत्तरिया (कैलाली), दमक–विर्तामोड–धुलाबारी (झापा) र टाँडी (चितवन) मा शाखा सञ्चालन गर्दै आएको छ।

१६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न योगदानसमेत दिँदै आएको छ। यसक्रममा बालाजु, काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै विपन्न वर्गका विद्यार्थीहरूका लागि शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, गोसाइँस्थानस्थित नैमिषारण्य संस्कृत गुरुकुलममा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा मसलन्द सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

रिलायन्स फाइनान्सले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ। संस्थाले विभिन्न साना–ठूला कर्जा योजनामार्फत मनोनुकूल कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ भने ग्राहकको आवश्यकता र पहुँचअनुसार विविध निक्षेप योजनाहरू सञ्चालन गरी निक्षेप संकलनमा अग्रसर रहँदै आएको छ।

१६ वर्षको सेवा यात्रामा संस्थाले वित्तीय पहुँच विस्तार, दिगो बैंकिङ अभ्यास, सामाजिक उत्तरदायित्व तथा ग्राहकलाई छिटो–छरितो सेवा उपलब्ध गराउनेध्येयलाई प्राथमिकतामा राख्दै आएको बताएको छ। संस्थाले आगामी दिनमा सेवा प्रवाहलाई अझ आधुनिक, डिजिटलमैत्री र सर्वसुलभ बनाउँदै लैजाने लक्ष्य अघि सारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*