सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पौडेल पुनः नियुक्त

२१ मंसिर २०८२, आईतवार ०९:५७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल दोहोरिएका छन्।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनी सचिव दिप बहादुर वि.सी ले जानकारी दिएका छन्।

पौडेल नेपाली बीमा क्षेत्रका कुशल बीमा प्रशासक हुन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई छोटो अवधीमा पुराना कम्पनीहरु जत्तिकै प्रतिस्पर्धी र बलियो बनाउन उल्लेख्य भूमिका निर्वाह गर्न सफल भएका छन् ।
नेपाली जीवन बीमा बजारमा बीमा व्यवसायको दीगो विकास लक्ष्य पछ्याउँदै अघि बढेका पौडेलले सिटिजन लाइफलाई आगामी दिनमा उच्च प्रतिफल दिँदै बीमितलाई उच्च बोनसदर प्रदान गर्न नतिजामूखि भूमिका खेल्ने विश्वास गरिएको छ ।

1764937365773

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*