परिवार दलका अध्यक्ष एकनाथ ढकालको करोडौं खर्चको छानविन भएन, तीन वटा बैंकमा खाता भेटियो

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सम्बन्ध भएका एकनाथ ढकालको करोडौं रुपैयाँ खर्चको छानविन भएन । देशी विदेशी शक्तिहरुबाट ठूलो रकम नेपाल भित्राएर धर्म प्रचार र राजनीतिक उथलपुथलमा खर्च गरेको आशंका गरिए पनि उनीमाथ सरकारले गठन गरेको छानविन समितिले कुनै छानविन नगरेको पाइएको छ ।
नेपालमा हिन्दु धर्मभन्दा फरक धर्मको प्रचार र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर उनले अकूत सम्पत्ति आर्जन गरेको भन्दै न्यायिक छानविन हुनुपर्ने जेनजी युवाहरुले माग गरेको भएपनि विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको नेतृत्वमा गठिन न्यायिक समितिले हालसम्म पनि ढकालमाथि छानविन गरेको छैन ।
परिवार दलका अध्यक्ष ढकाल तत्कालिन दमनकारी प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र व्यक्ति हुन् । उनले धर्म परिवर्तन सम्बन्धी एक कार्यक्रम आयोजना गरी नेपालका सबै नेताहरुलाई होलिवाईन खुवाएका थिए । ढकाल एमालेको सिफारिसमा विघटित प्रतिनिधि सभाका सदस्य समेत हुन् ।
विवादित धन्दा चलाउँदै आएका ढकाल अमेरिका नेपाल संसदीय मित्रता समुहका अध्यक्ष समेत हुन् । उनी क्रिश्चियन धर्म प्रचारक समेत हुन् । ढकालमार्फत ठूलो रकम नेपालको राजनीतिक परिवर्तनमा खर्च भएको आशंका गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
एकनाथ ढकालले नेपालमा तीन वटा बैंक खाताबाट कारोबार गर्ने गरेको तथ्य खुलेको छ । उनले नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक र एभेष्ट बैंकबाट कारोबार गर्ने तथ्य खुलेको हो । एभरेष्ट बैंकले उनले भारतमा ठूलो रकमको कारोबार गरेको आशंका गरिएको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा बैंकले व्यक्तिगत सम्पत्तिको विवरण सम्बन्धित व्यक्तिबाहेकलाई दिन नमिल्ने जनाएको छ ।













