ओली कुटी निर्माणमा ६ करोड खर्च हुने!

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुमा बन्न लागेको ‘ओली कुटी’ को १३ आना जग्गाको खरीद मुल्यमात्र प्रति आना २७ लाख रूपैयाँका दरले ३ करोड ५१ लाख रूपैयाँ मूल्य छिनेर ‘ओली बा कुटी’ को बैनाबट्टा भएको छ।
नेपाली सेनाका पुर्व जमदार सुधिर कुँवरको नाममा रहेको १३ आना जग्गा कित्ताकाट गरी खरीद गर्न लागिएको छ। सुधिर कुँवरको श्रीमती सरिता कुँवर एमाले कार्यकर्ता हुन। उनी महेश बस्नेत गुण्डु गाविसको अध्यक्ष हुँदा वडा सदस्य निर्वाचित भएकी थिइन। पछि उनी २०७४ मा जिल्ला समन्वय समिति भक्तपुरको उपप्रमुख पनि भएको एमाले भक्तपुर स्रोतले बताएको छ।
ओली कुटी निर्माणमा दुई करोड ५० लाख खर्च गर्ने योजना छ। यसरी ओली कुटी निर्माण गर्न कम्तीमा ६ करोड खर्च हुने देखिन्छ। ओली कुटीसँगै जोडिएको जग्गा झापा र मोरङतिर बसोवास गर्ने व्याक्तिले खरीद गरेकाले थप जग्गा ती व्याक्तिसँग खरीद गर्ने पनि योजना रहेको छ। ओली कुटीको नाममा ६ करोड खर्चिएर भव्य महल बनाउनका लागि लागि पार्टी भित्र र बाहिर चन्दा आतंक शुरू भएको बताइएको छ।













