नेशनल लाइफ इन्स्योरेन्सका राजेन्द्र बहादुर चन्द भए सुदुरपश्चिम प्रथम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जकाे हाेटेल साेल्टि वेस्टेन्डमा सीईओ क्लब मेम्बर सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका गरि करिब २०० जना बीमा अभिकर्ताको उपस्थिति र कम्पनीका प्रमुख कार्यकारि सुरेश प्रशाद खत्रीकाे अध्यक्षतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सीईओ क्लब मेम्बर , नेशनल रत्न लगायत प्रदेशमा संजालबाट र ब्यक्तिगत कोडबाट उत्कृष्ट बीमा व्यवशाय गर्ने प्रथम, द्वितीय र तृतीयलाई प्रमुख कार्यकारी अधिकृतबाट नगद दोसल्ला र प्रमाणपत्र दिई सम्मान गरिएको छ। नेशनल लाइफ महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द लगातार यसपटक पनि संजाल व्यवसायबाट सुदुरपश्चिम प्रदेश प्रथम हुदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मानित भएका छन् ।
उनले काम प्रतिको लगनशीलता , निरन्तरतासहित कम्पनी उत्कृष्ट बोनशसहित आफैमा मजबुद र बीमितले चन्दबाट पाउने सहज सेवा नै प्रमुख कारण भएको बताए । सुदुरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले स्वागत मन्तव्य राखेका थिए । अन्तर्राष्ट्रिय ट्रेनर बिजय कुमार झा (जोश मसिन)बाट अभिकर्ताहरुलाई मोटिभेसन तथा बीमा सेल्स सम्बन्धि तालिम दिईएको थियो। कार्यक्रम एजेन्सि बिभाग प्रमुख सुशील प्रताप राणाले सञ्चालन गरेका थिए ।













