पोखरा विमानस्थल निर्माणमा अनियमितताः ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी

२१ मंसिर २०८२, आईतवार १४:४१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा लागत अनावश्यक रूपमा बढाएर सरकारी कोषमा क्षति पुर्‍याएको आरोपमा ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

आयोगले शुक्रबार बसेको बैठकमा प्रतिवादीहरूमाथि कारबाही अघि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार पूर्व अर्थमन्त्री रामशरण महतसहित ५५ जना विरुद्ध मुद्दा आइतबार विशेष अदालतमा दर्ता गरिनेछ।

यस मुद्दामा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतिस चन्द्र लाल सुमन हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारी समेत रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*