सागर डिस्टीलरीको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२१ मंसिर २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३२५ वटा कम्पनीहरुको पाँच अर्ब ३३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा सागर डिस्टीलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ४३ करोड ६९ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, ङादी ग्रु,प पावरको ३२ करोड ५२ लाख रुपैयाँ, बन्दीपुर केबलकार कम्पनीको १५ करोड ४८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ४९ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।














