स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
२१ मंसिर २०८२, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आइतबार कारोबार भएको ४६ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक र झापा इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, मेन्छियाम हाइड्रोपावर, एशियन हाइड्रोपावर, कुमारी सबल योजना, ङादी ग्रुप पावर, कालिन्चोक दर्शन लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।














