हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

२१ मंसिर २०८२, आईतवार १६:२०

काठमाडौँ ।  हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने राष्ट्रिय सडकहरु विस्तार गर्ने योजना तत्कालका लागि स्थगित गरिएको छ। सडक डिभिजन हेटौंडाले सार्वजनिक गरेको जानकारीअनुसार सडक सीमा संरक्षण कार्यक्रम, २०८२ मा सर्वोच्च अदालतको उत्प्रेषण आदेश लागू भएपछि यो कार्य रोकिन पुगेको हो।

गत शनिबार सडक डिभिजनले उपमहानगरभित्र करिब ५०० वटा घर भत्काएको थियो। भत्काइएका घरधनीलाई आफ्नो सामग्री निकाल्न दुई दिनको समय दिइएको छ।

सडक सीमा संरक्षण अभियानका क्रममा जारी गरिएको सूचना केही सरोकारवालाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। अदालतको आदेश आएसँगै सो अभियान तत्कालका लागि रोकिएको डिभिजनले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*