प्रभु बैंकका सीईओसहित ३ जनालाई थप ५ दिन म्याद थप

२१ मंसिर २०८२, आईतवार १६:१०

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पाँच दिन ५ दिन म्याद थप गरिएको छ । उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत मंसिर १४ गते बैंकिङ कसुरमा बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट पक्राउ गरेको थियो । मंसिर १५ गते पनि शेरचनसहित तीन जनालाई पाँच दिर्न ५ दिन म्याद थप गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*