प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको निधन भएको छ । आइतबार उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली बैकिङ्ग क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेका उनले थुप्रै बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । तत्कालिन समयमा समेत उनले व्यवसायीहरुलाई निकै सहज रुपले कर्जा दिएर नेपाली व्यवसायलाई बढाउँन महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेपाली बैकिङ्ग जगतमा निकै चर्चा कमाएका मानन्धरले प्राइम कमर्सियलबाट अवकाश भएका थिए । उनले राष्ट्रिय वाणिज्य बैंकमा कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका थिए । मानन्धरले तत्कालिन नेपाल बंलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए ।
साथै, लुम्बिनी बैंकमा पनि सीईओको रुपमा नियुक्त भएर उत्कृष्ट काम गरेका थिए । बैंकिङ्ग क्षेत्रका साथै मानन्धरले संयुक्त राष्ट्र संघीय साद्य तथा कृषि संगठनमा परामर्शदाता भई समेत काम गरेका थिए ।













