प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार आचार्यले पाए नियुक्ति पत्र

२१ मंसिर २०८२, आईतवार १७:४०

काठमाडौं । प्रेस काउन्सिउलका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यले नियुक्ति पत्र बुझेका छन् । आइतबार सञ्चारमन्त्री जगदीश खरेलले नवनियुक्त अध्यक्ष आचार्यलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

प्रेस काउन्सिलका अध्यक्ष बनेका डा. आर्चायले यसअघि मेलमिलाप परिषद्मा करिव ३ वर्ष सदस्यको रुपमा काम गरेका थिए । २०४० सालदेखि कानुनी क्षेत्रमा प्रवेश गर्दै अधिवक्ता बनेका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बन्दै न्याय दिदै आएका छन् ।

नेपाल बारको उपाध्यक्ष बनेर काम गरेको अनुभव पनि डा. आचार्यसँग रहेको छ । लुम्बिनी प्रदेशको कानुन आयोगमा समेत उनले लामो समय भुमिका निर्वाह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*