ओलि र देउवाको भेटपछि संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
२१ मंसिर २०८२, आईतवार १७:४१

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेकपा एमालेपछि नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलि र कांग्रेस सभापति शेर बहादुर देउवाको भेटघाटपछि कांग्रेसपनि संसद पुनर्स्थापनाका लागि अदालत गएको हो ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको हो ।
यसअघि नेकपा एमालेले पनि रिट निवेदन दिएको छ ।













