आशा लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले कम्पनीले वितरण गर्न लागेको ९.५ प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०९०.४१ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको आइतबारको अन्तिम मूल्य प्रतिकित्ता ११९४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो।
आज सोमबार धितोपत्र दोस्रो बजारमा कम्पनीको समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई ९.५ प्रतिशत बोनस शेयरका साथै ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ र लाभांश पारित गर्न पुस ४ गते साधारणसभा बस्दैछ।













